Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लव पुत्र डाक्टर प्रकाश विवाहबन्धनमा बाँधिए


    बिहिबार, असोज ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले विवाह गरेका छन्। डा. प्रकाश चन्दले चितवनकी डाक्टर मान्यता थापासँग विवाह गरेका हुन् । बुधबार नेकपा माओवादी विप्लवको पार्टी मुख्यालय कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो ।

    पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा सबैले नवदम्पतीलाई टीका लगाएर शुभकामना दिएका थिए भने सामना परिवारले सांगीतिक कार्यक्रम चलाएको थियो।

    कार्यक्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रलगायत पार्टीका नेतालाई बोलाइए पनि उनीहरु देखिएनन्। तर, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त विप्लव पुत्रको बिहेमण्डपमा पुगेका थिए ।

    प्रकाश र मान्यताबीच चितवनमा एमबीबीएस अध्ययन गर्दाताका ‘लभ’ परेको बताइन्छ। प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव हुन् भने थापा केन्द्रीय सदस्य।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार