Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोनाका कारण ५ दिने बालिकासहित थप ७ जनाको मृत्यु


    आइतबार, असोज १८ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । आइतबार मृत्यु हुनेमा मकवानपुरकी ५ दिने बालिका समेत छिन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा काठमाडौं र ललितपुरको एकएक जना पुरुष छन् भने बाँकेका एकजना पुरुष छन् । यस्तै बाँके, कञ्चनपुर र चितवनकी एक महिना छिन् । 

    शनिबार देशभर ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार