Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार थपिए २२ सय ५३ जना कोरोना संक्रमित, १३ सय २९ जना डिस्चार्ज


    आइतबार, असोज १८ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार २ सय १९ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुकाे संख्या ४ हजार २ सय ३ रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार