काठमाडौं । निजामती सेवामा नायबसुब्बा राजपत्र अनंकित पद हो । तर तिनै नायबसुब्बाले कतिपय मन्त्रालय र कार्यालयमा सचिवदेखि मन्त्रीसम्मलाई तह लाउने गरेका छन् । नायबसुब्बाबाट केही समयअघि मात्र अधिकृत भएका रमण खड्काले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र सचिवलाई नै हायलकायल पारेका छन् ।
१२ बर्षअघि धरणीधर खतिवडा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा रमण खड्का नासु थिए । २०६८ फागुन १६ देखि २०६९ साउन २६ सम्म खतिवडा सचिव रहँदा नासु खड्काले सरुवामा खुलेआम पैसा उठाएपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको थियो । कर्मचारी सरुवामा खान बानी परेका खड्का तत्कालै मिलाएर छिटो धनी हुन बैदेशिक रोजगार बिभागमा सरुवा भए । त्यहाँ पनि उनले म्यानपावर कम्पनीदेखि कामदारहरुको श्रम स्वीकृतिमा गर्नै नहुने काम गरेको उजुरी मन्त्रालयमा परेपछि छानबिन समिति नै गठन भयो ।
मन्त्रालयले बनाएको छानबिन समितिले उनले गलत गरेको ठहर गरेपछि सरुवा भए । त्यहीबीचमा उनी अधिकृतमा बढुवा भए । र, श्रम मन्त्रालयले गलत गरेको प्रतिवेदनलाई ड्यामेज बनाउने र रोजेको ठाउँमा जान पाउने बाटो खोज्दै नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनमा लागे । कर्मचारी नै कम भएकाले उनी नेता भइहाले ।
अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएपछि खड्का सामान्यमा दोस्रो पटक आउन सफल भए । राकसको बलमा उनी मन्त्री मोदीको सचिवालयमै आए । र, मन्त्रीकै सचिवालयमा आएपछि उनले सरुवामा आर्थिक लाभ उठाउने अभियान नै सुरु गरे । खड्काको दरबन्दी श्रम मन्त्रालयमै छ । सामान्य प्रशासनबाट मोदीको बहिर्गमनपछि पनि उनले सरुवामा उठाउन नछोडेको सूचना पाए । उनकै कारण सरुवा विवाद हुँदा सामान्यमा एक महिनाअघि कुटाकुट समेत भयो ।
सहसचिव सुमन दाहालले खड्काको विवादित छविका कारण सामान्यबाट श्रममै काजफिर्ता गर्न आदेश दिए । काजफिर्ताको आदेश दिएको २ दिनसम्म उनी कर्मचारी प्रशासनमा आएनन् । बाहिरै घुमेर बसे । तर तेस्रो दिनदेखि सामान्यको कर्मचारी प्रशासनमै अड्डा जमाएर बसेका छन् । र, सरुवाको मोलतोल गर्न सक्रिय छन् । विवादै विवादमा परेका भए पनि राकसको आवरणमा उनले सामान्यमा सहसचिव दाहालको काजफिर्ता गर्ने आदेशलाई समेत अटेर गरेका छन् । सचिव दाहाललाई काजफिर्ता हुन अटेर गरी अधिकृत खड्काले चुनौती दिएका छन् । सरुवामा हुने बेथिति अन्त्य गर्न लागेका सहसचिव सुमन दाहाललाई खड्काजस्ता कर्मचारीले असफल पार्ने संभावना देखिएको छ ।
अमनलाल मोदीको पालाका सामान्यको कर्मचारी प्रशासन शाखाका उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगर निकालिए पनि गृह र पर्यटन मन्त्रालयको सरुवापत्र गोजीमा बोकेर अझै सामान्यकै अर्को शाखामा बसिरहेका छन् । उनीहरु गृह र पर्यटन जता अनुकूल हुन्छ उतै जान सामान्यमै कार्यरत छन् । राई र थापामगरले पनि मोदीको कार्यकालमा सरुवामा आर्थिक चलखेल गरेको बिषय सार्वजनिक भइसकेको छ ।
सामान्य प्रशासन मन्त्रालयमा अनिता मन्त्री भएपछि पूर्वमन्त्री अमनलाल मोदीका पीएहरु सुमन कालिकोटे, ताजिम अन्सारी, विचौलिया मनोज चौहानले सरुवाका लागि कर्मचारी खोज्ने र टुंगो लगाउने गरेका छन् । र, उनीहरुले रमण खड्कालाई सामान्यमै टिकाउने प्रपन्च रचिरहेका छन् । त्यही प्रपन्च अन्तर्गत सहसचिव दाहालको निर्देशन अनुसार काजफिर्ता हुन खड्काले चाहिरहेका छैनन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend