Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगारीको लोभ देखाउँदै ४६ लाख ठगी गर्ने तामाङ पक्राउ


    आइतबार, असोज १८ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विदेशमा राम्रो जागिर लगाइदिने भन्दै सोझासाझा युवालाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोको बलेफी गाउँपालिका–६ माङ्खाका ३७ वर्षीय तुलबहादुर तामाङलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    उनले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाख पचास हजार रुपैयाँ ठगी गरेका थिए । ठगी गरेको आरोपमा उनलाई वैदेशिक रोजगार कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र एक लाख पचास हजार जरिवाना तोकिएको थियो ।

    फरार रहेका तामाङलाई प्रहरीले काठमाडौंको टोली डिल्लीबजारबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार