काठमाडौं । भक्तपुरमा एक सार्वजनिक बसभित्र सामूहिक बलात्कार भएको छ।
शुक्रबार र शनिबार बा३ख २६१२ नम्बरको मिनीबसमा युवतीमाथि सामूहिक बलात्कार भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।
बसकै कर्मचारीले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपालचोकको चौताराका २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिकाका २१ वर्षीय सुरेश श्रेष्ठ छन्।