Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंमा भोलिदेखि श्रम स्वीकृति लिन सकिने


    आइतबार, असोज १८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगार कार्यालय ताहाचलले भोलिदेखि श्रम स्वीकृति दिने भएको छ ।

    कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि सेवा दिन बन्द गरेकोमा भोलिदेखि सेवा सञ्चालन हुने कार्यालयले जनाएको हो । कर्मचारीमा कोरोना देखिएकाले कार्यालयले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको थियो ।

    तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्न सक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पुनः सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

    सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गर्न कार्यालयले आग्रह गरेको छ । यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुनपानीले हात धुन अनिवार्य गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार