Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यमा सामान्य वृद्धि


    आइतबार, असोज १८ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ । यस्तै चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार