Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीमफेदीमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु


    आइतबार, असोज १८ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

    मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार