काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजागाईंमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि प्रधानमन्त्रीका सचिवालयका चार सदस्यमा कोरोना पुष्टि भएको थियो ।
शनिबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी र परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईमा कोरोना पुष्टि भएको थियो ।
आइतबार आफूलाई पनि कोरोना पुष्टि भएको बजगाईंले जानकारी दिएका छन् । बजगाईंले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफूसँग सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह समेत गरेका छन् ।