Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दबाब र प्रभावमा नपर्न नेपाल प्रहरीलाई निर्देशन


    आइतबार, असोज १८ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै कार्यालयका प्रमुख प्रहरी नायवमहानिरीक्षक विश्वराज पोखरेलले हरेक प्रहरीले नागरिकको चित्त दुखाउने छैन भन्ने प्रणका साथ सेवा गर्नुपर्ने बताए। उनले कसैको दबाब र प्रभावमा नपरी मनबाटै असल प्रहरी बन्छु भनेर प्रतिबद्ध हुन मातहतका प्रहरीलाई निर्देशन दिए। 

    ‘व्यवहारमा कुनै पनि नागरिकको चित्त दुखाउने छैन, कानुन कार्यान्वयनमा तेरो÷मेरो र ठुलो÷सानो नभनी सेवा गर्नुछु भन्ने मनमा राखेर काम गर्नुहोस्,’ उनले भने, ‘मेरो काम नागरिक, संगठन र राज्यले हेरिरहेको छ, भन्ने सोच मनबाट सधै राख्नुहोस्।’

    प्रहरीले मैले त्रुटी गर्दा संगठनको गरीमामा ठेस लाग्छ र राम्रो काम गर्दा सरकार कै शिर उँचो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड थियो। उनले एउटा जवानले गरेको गल्तीले संगठलाई कति क्षति पुगेको छ भनेर विगत स्मरण गर्न सुझाए। कोभिड–१९ को संक्रमण बढ्दो रहेको परिस्थितिमा प्रहरीको जिम्मेवारी थपिएको स्मरण गराउँदै पोखरेलले जटिल अबस्था आइपरेमा पनि नागरिकेको सुरक्षाबाट प्रहरी भाग्न नसक्ने उनको भनाइ थियो। 

    उक्त समरोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आवश्यक कमजोरी हटाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा कटिबद्ध भएर लागि परेको जानकारी गराए। 

    ‘अहिलेको चुनौतीपूर्ण अबस्थामा नागरिकलाई बचाउने जिम्मेवरी प्रहरीको हो, आफ्ना व्यक्तिगत समस्यालाई थाती राखेरै भए पनि नागरिकको सुरक्षा महत्वपूर्ण हुन्छ,’ ढकालले मातहतका ट्राफिक प्रहरी सामु भने, जिम्मेवारीबाट कोही पनि चुक्नु हुन्न।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार