Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाँकेमा कोरोना संक्रमित सुत्केरीको मृत्यु


    आइतबार, असोज १८ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगन्ज । बाँकेको कोहलपुरमा उपचारको क्रममा एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । उनको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

    कञ्चनपुरको महेन्द्रनगर निवासी महिलालाई बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

    सुत्केरी हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

    सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना देखिएको थियो । ती महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो । कोहलपुरमा ल्याउँदा महिला बेहोस थिइन् ।

    कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार