Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै डाक्टरहरु आज सडकमा उत्रिए


    मंगलबार, असोज ९ २०८०
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अहिले आफूहरूमाथि धेरै श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू आज सडकमा निस्किएका छन् । विभिन्न पेशागत माग राख्दै देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सेलाउन नपाई डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् ।

    हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।

    डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

    काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार