Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ लागे


    मंगलबार, असोज ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसियाली खेलकुद (एसियाड) का लागि क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ लागेका छन् ।

    एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए ।

    आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् । आफू मानसिक रुपमा तयार नभएको सन्दीपले बताएका थिए ।

    तर क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी आज मंगलबार चीनतर्फ लागेका हुन् ।

    एसियाली खेलकुदको क्रिकेटमा नेपाल भोलि बुधबार मंगोलियासँग भिड्दै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार