Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभियन्ता ईः लाई उपमेयर डंगोलले भेटिन्


    मंगलबार, असोज ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई उपमेयर सुनिता डंगोलले आज भेटेकी छन् ।

    विगत १६५ घण्टादेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल सोमबार बिहान प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी हुन् ।

    अभियन्ता ईःका अनुसार डंगोलले आफ्नो स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन् । ‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ उनले भनेका छन् ।

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार