Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चका एक न्यायाधीशमा कोरोना पुष्टि, आइतबार एउटा मात्र इजलाश तोकियो


    आइतबार, असोज १८ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षा सतर्कता अपनाएपनि संक्रमण देखिएको हो । यसको सिधा असर अदालतको कामकारबाहीमा परेको छ । ती न्यायाधीश र कर्मचारीमा संक्रमण देखिएकाले आइतबारको अधिकांश इजलास प्रभावित भएको हो।

    आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ। अन्य सबै इजलास स्थगित छन्। शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो।

    संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। 

    पछिल्लो दिनमा भने उच्च तहका अधिकारी देखि प्रधानमन्त्रीका सल्लाहकारसम्ममा कोरोना संक्रमण देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार