कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले ओपीडीलगायतका कक्षमा स्यानिटाइजेसन गर्न भएकाले एक दिनका लागि मात्रै सेवा बन्द हुने जनाएको छ ।
स्पतालका डा. दुर्गेश चौधरीले आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए । आज सबै क्षेत्रमा स्याटाइजेसन तथा सरसफाई गरिने उनको भनाइ छ ।
अस्पताल प्रशासनका अनुसार १५ असोजमा भर्ना भई आईसीयूमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएको हो । उनमा शनिबार साँझ मात्रै संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै आकस्मिक बैठक बसेर उक्त निर्णय गरिएको हो ।