Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनौतीको समयमा अवसर


    आइतबार, असोज १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  

    काठमाडौं । चाडवाडको मुखमा हजारौ प्राविधिक तथा शिक्षकहरु बेरोजगार भएका छन् । कोभिड–१९ महामारीले आक्रान्त बनाएपछि शिक्षण लगायत अन्य कैयौं ब्यावसायहरु जोखिममा छन् । अधिकांश निजी संस्थामा काम गर्ने शिक्षक तथा प्राबिधिकहरु ले बिगत ६ महिनादेखि तलब नपाएको स्थिति सिर्जना भएको छ। त्यसकारण कतिपय शिक्षक तथा प्रबिधिकहरुले जीवनयापनको लागि घरेलु कामसम्म गर्न बाध्य छन् । उनीहरुलाई दैनिक गुजारा चलाउन धौ-धौ परिरहेको छ।

    शिक्षा क्षेत्रको कुरा गर्दा नेपालमा करिब २ लाखको संख्यामा रहेका शिक्षकहरुले वर्षौदेखि गरेको पेशा छाड्न बाध्य हुने परिस्थति आएको छ । केही शिक्षकहरु त अहिले पनि दैनिक गुजारा चलाउन बैकल्पिक कामको खोजीमा भौतारिरहेका छन् । यसैगरी प्राबिधिक क्षेत्र स्वदेशी तथा बिदेशी संस्थाहरुमा कार्यरत उच्च प्राबिधिक जनशक्तिहरुलाई पनि सो संस्थाहरुले बर्खास्त गर्दै गरेको अवस्था सिर्जना भएको छ।

    यस्तो विषम परिस्थितिमा समेत  दुरदर्शी संस्थाहरु रोजगारको सिर्जना र दिगो आर्थिक विकाशको सोंचमा लागिरहेका छन् । यस्तै एउटा शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको अवसर खुलाएको छ । इनोभेट टेकले  कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ।

    इनोभेट टेकद्वारा नेपालमै विकाश गरिएको माई सेकेण्ड टिचर (mySecondTeacher.com) एपले हाल क्याम्ब्रिज विश्वबिद्याालय को बिद्यालय पाठ्यक्रममा आधारित डिजिटल पाठ्यसामाग्रीहरुको विकाश र विश्वस्तरमा प्रबर्दन गरिरहेको छ। हाल जापान, कोलम्बिया, चिन, सिंगापुर, इजिप्ट, भारत, इन्डोनेसिया, ओमन लगायत विश्वका १६ भन्दा बढी देशका ६० भन्दा बढी बिद्यालयले नेपालमा बिकशित यो एप्प्लिकेसन मार्फत विभिन्न पाठ्यसामग्रीहरुको प्रयोग गरिरहेका छन् । 

     दुई वर्षअघि अर्थात सन् २०१८मा स्थापना भएको इनोभेट टेकद्वारा विकशित माई सेकेण्ड टिचर (mySecondTeacher.com) एसिया प्यासिफिक क्षेत्रमा कहलिएको नाम हो ।  सन् २०२० मा एसिया प्यासिफक क्षेत्रमा उत्कृष्ठ १० इ-लर्निङ्ग टेक्नोलोजी कम्पनीहरुमा पर्न सफल माई सेकेण्ड टिचरमार्फत हाल विश्वका  ५० हजार भन्दा बढी शिक्षक तथा बिद्यार्थीहरुले अध्ययन अध्यापन गरिरहेका छन्।

    परम्परागत शिक्षण पद्दतिलाई समय सापेक्ष र भविष्यउन्मुख प्रविधिमा रुपान्तरण गरिरहेको इन्नोभेट टेकले, यस अभियानमा संलग्न हुनको लागि विभिन्न विषय र क्षेत्रका विशेषज्ञ, शिक्षक र प्राबिधिकहरु लै आग्रह गरेको छ । उपलब्ध अवसरहरु को जानकारीको लागि यहा क्लिक गर्नुहोस् ! (redirect to: innovatetech.io/jobs)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार