Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • कोशीमा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए


    सोमबार, असोज ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । आज कोशी प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

    कार्कीले मन्त्रिपरिषद् विस्तार गरेसँगै दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् ।

    जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

    त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

    सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

    हेर्नुहोस् नयाँ मन्त्रीहरूको सूची :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार