Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको आक्रोश: सय किलो सुन कसरी ६१ किलो भयो ?


    सोमबार, असोज ८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले हाल चर्चित तस्करीको सुन छानबिन गर्न नचाहेको आरोप लगाएका छन् ।

    सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेले एक महिनासम्म सुन तस्करीको व्यापक छानबिन गर्नुपर्छ भनेको एक महिनापछि मात्रै आयोग गठन गर्न तयार भएपनि विलम्ब गरिरहेको बताए ।

    ‘सय किलो सुन तस्करी गर्ने तस्करलाई चाहिएका बेला हाजिर हुन्छु भन्ने एक लाइनको कागज गराएर छोडिन्छ र सामान सबै लुकाउन लगाइन्छ’, ओलीको भनाई छ । उनले सरकारले आफैं तस्कर भगाउने र पर्सिपल्ट रित्ता वाकस मात्र भेटेको भनेर प्रचार गरेको पनि बताए । यसैगरी विलम्ब गर्ने र तस्करीको सुन छानबिन नै गर्न नहुने पक्षमा सरकार पुगेको ओलीको भनाइ छ ।

    ‘सरकार तस्करीको सुन छानबिन गर्नुहुँदैन भनिरहेको छ । पछि भविष्यमा कस्तो कानुन ल्याउने भन्ने सिफारिस गर्छ आयोगले तर छानबिन गर्न हुँदैन भनेर सरकार भनिरहेको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । सय किलो सुन भनेर एक महिनाभन्दा बढि समाचार पढेको र सुनेको तर पछि ६१ किलोमात्रै भएको भन्दै ३९ किलो सुन कहाँ गयो ? भन्दै उनले प्रश्न गरे ।

    त्यस्तै उनले भेपमा ल्याएको नौ किलो सुन समेत कहाँ गयो भनेर प्रश्न गर्दै सुनमा भरिया समातेर नहुने र लगानी गर्ने व्यापारी समात्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार