Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशन आजदेखि सुरु, ड्रोन उडाएर ओलीले गरे उद्घाटन


    सोमबार, असोज ८ २०८०
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु भएको छ।

    ड्रोन उडाएर उक्त अधिवेशन उद्घाटन एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको हो । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् ।

    उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । मङ्गलबार अधिवेशनको बन्द सत्रसँगै नयाँ नेतृत्व चयनका लागि प्रत्रिया सुरु हुने एमाले नेताहरूले बताएका छन् ।

    अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ । प्रदेश अध्यक्ष पदमा पाँच नेताले आकांक्षा प्रकट गरेका छन् ।

    एमाले बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल तथा प्रदेश नेता नुवाकोटका केशवराज पाण्डे, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठ मुख्य रुपमा देखाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार