Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षकहरुले आज सडकमै सुतेर आन्दोलन गरे


    सोमबार, असोज ८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत, पेन्सन बञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरुले आज सोमबार सडकमा सुतेरै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

    सोमबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

    उनीहरुले बानेश्वरमा पुगेर सडकमा सुतेरै विरोध जनाएका थिए ।

    राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै प्रदर्शनलाई निरन्तरता दिइरहेका हुन् ।

    राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने दाबी गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार