Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र चीनबीच १२ बुँदे सम्झौता (सूचीसहित )


    सोमबार, असोज ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका हुन् ।

    यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।

    यस्ता छन् सम्झौता र सहमतिहरू :

    –राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर

    – चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण

    – डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

    –नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू,

    –सिजाली विद्यालय परियोजनाबारे सम्झौता

    –कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

    –सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

    –नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

    –चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

    –विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

    –मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान

    –हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार