Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • चिनियाँ प्रधानमन्त्रीले भने- नेपाल-चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ


    सोमबार, असोज ८ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा थप नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको टिप्पणी गरेका छन् ।
    हाल चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले यस्तो धारणा राखेका हुन् ।

    प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको दाबी गरे ।

    चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए ।

    उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याउनुभएको उल्लेख गरे ।

    प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार