Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लुम्बिनीका मुख्यमन्त्रीले नियुक्त गरे प्रमुख राजनीतिक सल्लाहकार


    आइतबार, असोज ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गृहजिल्ला दाङका कांग्रेस नेता जानकीलाल बस्नेतलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री चौधरीले दाङको राजपुर गाउँपालिका- ७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सेवा सुविधा दिनेगरी आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

    मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुनेगरी बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको छ । बस्नेतले आइतबार पदभारसमेत ग्रहण गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार