Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • अख्तियारले अनुसन्धान गर्ने व्यवस्था भएको विधेयकमाथि छलफल


    आइतबार, असोज ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।

    आज बसेको समितिको बैठकमा राष्ट्रिय सभाबाट २०७९ चैत २७ गते पारित भएको विधेयक दफावार छलफलका लागि प्रवेश गराइएको हो । बैठकमा कानुन मन्त्री धनराज गुरुङ र प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेका छन् ।

    २०७६ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला दर्ता भएको यो विधेयक झन्डै ३ वर्ष बढी समय लगाएर राष्ट्रियसभाबाट पारित भएको थियो ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार