काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको गुनासो गरेका छन् ।
एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आज आइतबार कामठाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’
२८ भदौमा एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए ।
तर पनि अहिलेसम्म पुरस्कार रकम हात नपरेको कप्तान पौडेलले बताए ।
पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend