काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो।