काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिवार राती साबिक विजेता म्यानचेस्टर सिटीले नटिङ्घमलाई २-० गोलले हराएको छ ।
म्यान सिटीका लागि फिल फोडेन र एर्लिङ हालान्डले गोल गरे । सुरुको १४ मिनेटभित्रै २-० गोलले अगाडि बढेको म्यान सिटी दोस्रो हाफको सरुवातमा १० खेलाडीमा सीमित भएको थियो । ४६ औँ मिनेटमा रोड्रीले सोझै रातो कार्ड पाएका थिए ।
म्यान सिटीले यो सिजन घरेलु लिगमा खेलेका सबै ६ खेल जितेको छ। म्यान सिटीको ६ खेलबाट १८ अंक छ । दोस्रो स्थानमा रहेको टोट्टनहामको ५ खेलबाट १३ अंक छ । लिभरपुलको पनि ५ खेलबाट १३अंक छ ।
हालान्ड यो सिजन पनि उच्च लयमा छन् । उनले घरेलु लिगमा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन् ।
दोस्रो स्थानमा रहेका खेलाडीको ४ गोल छ । शनिवार राती भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० र एभर्टनले ब्रेन्टफोर्डलाई ३-१ गोलले हराए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend