Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पारस खड्का र प्रशान्तविक्रम मल्ल क्यानको सचिवमा भिड्दै


    शनिबार, असोज ६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

    पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दिएका हुन् ।

    निर्वाचन समितिले मतदान आजै गर्ने तयारी गरेको छ ।

    क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

    यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार