Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ११७७ संक्रमित भेटिए


    शनिबार, असोज १७ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्।  

    काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन्। भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ। 

    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्। यसअघि शुक्रबार काठमाडौं उपत्यकामा हालसम्मकै बढी १ हजार ६ सय ३८ जनामा कोरोना भेटिएको थियो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार