काठमाडौँ। आज नेपाल क्रिकेट संघ क्यानको निर्वाचनका लागि मतदान हुँदै छ । क्यानको नयाँ नेतृत्व छनोटकालागि ८५ जना प्रतिनिधिले १७ सदस्यीय कार्यसमिति चयन गर्दै छन् ।
शुक्रबार बालुवाटारको आम्रपाली ब्यांकेटमा उद्घाटन गरिएको साधारणसभाको आज नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटेलमा चुनावी प्रक्रिया अघि बढाइएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार अहिले सवा ९ बजेदेखि सवा १० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशित हुने छ भने ११ बजेसम्म उम्मेदवारविरुद्धको दावी विरोधको समय दिइएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको समय पौने १२ बजेसम्मलाई तोकिएको छ भने अन्तिम नामावली प्रकाशन १२ः५ मा हुने छ । त्यसपछि साढे १२ बजेदेखि मतदान हुने छ । मतदानको समय १ घण्टालाई तोकिएको छ । मतदानपछि मत परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथग्रहण आजै हुने छ ।
अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दा वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले कार्यकाल दोहो¥याउने तयारी गरेका छन् । तर, उनलाई सर्वसम्मत हुन नदिने तयारी पनि भएको बुझिएको छ ।
बर्दियाका प्रतिनिधि विनय भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि चन्दलाई पनि चुनावै लड्नु पर्ने अवस्था देखिएको छ । तर, सबै पदमा सर्वसम्मतको प्रयास भने जारी रहेको बुझिएको छ । यसैगरी उपाध्यक्षमा रोशन सिंहको चर्चा छ भने सचिवमा प्रसान्त मल्ल र पारस खड्काको विचमा चुनावी प्रतिस्पर्धा हुन सक्छ ।
मल्ल यसअघिको कार्यसमितिमा केन्द्रीय सदस्य रहका थिए भने नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस बागमति प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सचिवको प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
कोषाध्यक्षमा पदम खड्काको चर्चा रहेको छ । १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend