Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा २१ सय २० कोरोना संक्रमित थपिए


    शनिबार, असोज १७ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। 

    २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा एक जहार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना रहेका छन्।

    मन्त्रालयका अनुसार शनिबार १२ हजार ९७८ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ६१ हजार ६६४ पुगेको छ । 

    अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ५२९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ७७३ जना  संस्थागत आइसोलेशनमा रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार