Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार लाख अवैध भारतीय रूपैयाँसहित एकजना पक्राउ


    शनिबार, असोज १७ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाख भारतीय रकमसहित सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले एक जनलाई पक्राउ  गरेको छ ।

    कृष्णनगर नगरपालिका– ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले रकमसहित कृष्णनगरका ५४ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो । 

    बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा लुकाईछिपाई ल्याउँदै गरेको अवैध ४ लाख भारतीय रकम गुप्ताको साथबाट बरामद भएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। उक्त रकम ५ सयको ४०० थान र २ हजारको १०० थान गरी भारतीय चार लाख जस्को नेपाली रकम ६ लाख ४० हजार हुन्छ । 

    गुप्तालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार