Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकाका ५ मेयरलाई कोरोना संक्रमण


    शनिबार, असोज १७ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्यकर्मी, प्रहरीपछि कोरोना संक्रमणको शिकार हुनेमा जनप्रतिनिधि देखिएका छन् । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भई निको भइसकेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन् । ललितपुरकै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ पनि कोरोना संक्रमित भई आइसोलेसनमा छन् । गोदावरी नगरपालिकाका गजेन्द्र महर्जनलाई पनि कोरोना संक्रमण भएको छ । उनी पनि आइसोलेसनमा छन् ।  

    बुढानीलकन्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै उनी बुढानीलकन्ठ नगरपालिका वडा नं. १३ मा ३ महिने तामाङ भाषा प्रशिक्षण कार्यक्रममा नाचगानमा समेत सहभागी भएका थिए ।  क्वारेन्टाइनमा बस्न दिएको सल्लाह समेत अटेर गरी उनी सार्वजनिक कार्यक्रममा गएका थिए । उनको लापरबाहीले शुक्रबार कार्यक्रममा सहभागीले समेत कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

    मेयर खरेल आफूसमेत कोरोना केही होइन भन्दै मास्क समेत नलगाउने र अरुलाई समेत मास्क लाउनु नपर्ने भन्दै हेलचक्र्याई गर्ने गरेकोमा समेत उनलाई धेरैले त्यसो नगर्न सल्लाह दिंदैआएका थिए । उनका सवारीचालकमा कोरोना देखिएपछि उनलाई क्वारेन्टाइन बस्न सल्लाह दिए पनि उनी सार्वजनिक कार्यक्रममा भाग लिंदैआएका थिए । शुक्रबार मात्रै उनी सार्वजनिक कार्यक्रममा सामाजिक दूरीसमेत पालना नगरी भाग लिएर नाचगान गरेका थिए ।शुक्रबारमात्रै पनि मेयर खरेल सार्वजनिक जग्गा संरक्षणका लागि बुट्यान उखेल्ने कार्यमा सहभागी भएको भिडियो उनको फेसबुकमा देख्न सकिन्छ । 

    यद्यपि मेयर खरेलले भने आफूले मास्क लगाएको र सात दिनको अबधिमा व्यक्तिगत रुपमा कसैसँग ‘क्लोज कन्ट्याक्ट’ मा बस्नहँुदैन भन्ने जानकारीमा रहेको प्रष्ट पारेका छन् । उनले लापरबाही गर्दा संक्रमण भएकोबारेमा हल्ला भएपछि सामाजिक संजालमा उनले लेखेका छन्–दूरी कायम गरी केही मिटिङमा बसें । सबैलाइ सतर्क रहन भनें । बस्नै पर्ने केही ठाउँमा पुगे तर विना मास्क बसेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार