Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयोः अर्जुननरसिंह केसी


    बिहिबार, असोज ४ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए । उनले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

    नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न काँग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार