Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशमा विधि विहीनताले पराकाष्ठा नाघ्यो : नेता केसी


    आइतबार, असोज १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रुपमा भ्रष्टाचार अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । नेता केसीले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताए ।

    उनले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरु विकास भइरहेको बताए । उनले नेपाली हौँ भन्ने भावनालाई खुला रुपबाट चुनौती दिएपनि कारबाही हुन नसकेको बताए ।

    नेता केसीले महंगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साहित अवस्थामा रहेको बताए । उनले रुपान्तरण र वैचारिक पुनःजागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताए ।

    नेता केसीले यति ठूलो संख्यामा केन्द्रीय संसद्, प्रदेश सभा आवश्यक नरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार