Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ : सांसद केसी


    शुक्रबार, असोज १९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन् । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

    उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति शतर्क र गम्भीर हुनुपर्ने बताए । उनले भड्काउन अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

    सांसद केसीले कसैबाट उचालिएर द्वन्द्व चर्किएमा देशमा असंगठित विद्रोह र अराजकताको स्थिति आउने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार