Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा भन्छन्– केन्द्रीय समितिमा नपरेकालाई ठाउँ बनाएर महासमितिमा ल्याउँछु


    बिहिबार, असोज ४ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा पर्न नसकेका नेताहरूलाई महासमिति सदस्यमा मनोनीत गरिने टिप्पणी गरेका छन् ।

    पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा देउवाले भने, ‘केन्द्रीय समितिमा ठाउँ कम छ । त्यसैले ठाउँ बनाएर भए पनि महासमतितिमा ल्याउँछु ।’ उनले महासमिति सदस्यका लागि नाम दिन आग्रहसमेत गरे । देउवाले आजै ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

    ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ, छुटेका नामहरू तपाइँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला र । छुटेका नामहरु साथीहरुले दिनुहुनेछ,’ सभापति देउवाले बैठकको सुरुमा भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार