Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झलनाथप्रति इङ्गित गर्दै माधव नेपालले भने- ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्


    बिहिबार, असोज ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इङ्गित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने बताएका छन् ।

    आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरूको कार्यविभाजन गरेका थिए।

    अध्यक्ष नेपालले गरेको कार्य विभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरूले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।

    सोही प्रसङ्गलाई लिएर उनले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताएका हुन् । उनले अनुशासनको ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताए । नेपालले पार्टीको हित नचाहनेहरू फरक किसिमले चल्ने बताए ।

    उनले नमिलेका कुरालाई मिलाएर लैजान सकिने समेत बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार