Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एसको सचिवालय बैठक स्थगित


    बिहिबार, असोज ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजका लागि डाकिएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

    बिहान साढे १० बजे पार्टी कार्यालयमा आलोकनगरमा बस्नेगरी बोलाइएको उक्त बैठक स्थगित भएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । अध्यक्ष माधव नेपालले जारी अपानीले पार्टीभित्र विवाद चर्किएको छ ।

    सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आइरहेका छन् ।

    यस्तै बैठकमा १४ असोजदेखि सुरू हुने समाजवाद जागरण यात्राबारे पनि छलफल हुने भनिएको थियो ।

    आज शिक्षकहरूको आन्दोलनका कारण काठमाडौंको सवारी अस्तव्यस्त बन्दा नेताहरू आउन नपाएपछि बैठक स्थगित भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार