Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बस्यो, सानेपामा केन्द्रीय समिति


    बिहिबार, असोज ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ।

    कांग्रेसमा १३ जना पदाधिकारी छन्। केन्द्रीय समिति बैठकका एजेन्डाबारे पदाधिकारी बैठकमा छलफल भएको हो। बिहान ९ बजेदेखि ११ बजेसम्म धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा मंसिरमा हुने महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

    कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरिने बताए। कांग्रेसले गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठक पनि कांग्रेसको फेसबुक पेजबाट लाइभ गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार