Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा थपिए १७ सङ्क्रमित


    शनिबार, असोज १७ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् ।

    सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ । रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार