काठमाडौं। कांग्रेस संस्थापन इतर नेता शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही निवास पुगेका छन्। उक्त भेटमा शेखरले पार्टी सञ्चालनमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै सच्चिन चेतावनी दिएका हुन्।
आज बिहान नेता कोइराला सभापति देउवा भेट्न उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई सँगै लिएर धुम्बाराही पुगेका थिए। नेता शेखरले मंगलबार मात्रै बालुवाटारस्थित सम्पर्क कार्यालयमा आफ्ना पक्षका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।
उक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने, कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने, पार्टी संगठनमा बराबरी भाग दिनुपर्नेलगायत विषय उठेका थिए।
छलफलमा शेखर पक्षीय केन्द्रीय सदस्यले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालालाई आग्रह गरेका थिए। संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका शेखर २०७८ मंसिरको १४औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएका थिए।
आजको भेटमा सभापति देउवालाई एकलौटी रूपमा पार्टी चलाएको र विधिविधान मिचेको आरोप कोइरालाले लगाएको बताइन्छ। तरुण दल ४०१ सदस्यीय र नेविसंघ ७११ सदस्यीय बनाइएकामा पनि कोइरालाले असन्तुष्टि जनाएको बुझिएको छ।
‘समझदारी गरेर तरुण दल र नेविसंघलाई पूर्णता दिन मसँग नाम माग्नुभएको हो। तर, मैले पठाएका नाम नराखेर ठूलो संख्यामा भ्रातृ संस्थामा मनोनीत किन गरियो?। विधान मिच्ने कुरामा हाम्रो सहमति छैन।’
भेटमा सभापति देउवाले सबैलाई समेटेर अघि बढ्न तयार रहेको जवाफ दिएको शेखरसँगै धुम्बाराही पुगेका उपसभापति धनराज गुरुङले बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend