Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी


    बुधबार, असोज ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय (स्कुल) बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतवानी दिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

    त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए ।

    ‘आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा हो । तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनुहुन्न । विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको छ’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार