Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महालक्ष्मीमा निःशुल्क एम्बुलेन्स सेवा


    शुक्रबार, असोज १६ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर ।  महालक्ष्मी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड महामारीका बिरामीलाई मात्र बोक्न महालक्ष्मीले सो एम्बुलेन्स सेवा प्रयोगमा ल्याएको हो । कोरोना सङ्क्रमितको स्वास्थ्यलाई ध्यानमा राखी  निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख निर्मला थापाले बताउनुभयो ।

    यस नगरपालिकामा हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ३६१ जसमा १८६ पुरुष र १७५ महिला रहेकामा सङ्क्रमण निको हुनेको सङ्ख्या २२३ रहेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सक्रिय सङ्क्रमित १३६, होम आइसोलेसनमा बसिरहेका ११६ र विभिन्न अस्पतालमा उपचार गराइरहेका २० बिरामी रहेका छन् ।” हालसम्म महालक्ष्मीका दुई व्यक्तिले कोभिडका कारण ज्यान गुमाएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार