Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही र बाँकेमा डुबेर तीनको मृत्यु


    शुक्रबार, असोज १६ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । रुपन्देही र बाँकेमा पानीमा डुबेर तीनजनाको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडिखेल्न गएका युवा बेपत्ता भइ खोजीगर्दा मृत फेला परेका हुन भने बाँकेमा पोखरीमा पौडिखेल्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।रुपन्देहीको रोहिणी खोलामा नुहाउनेक्रममा बिहीबारदेखि बेपत्ता भएका एक युवक आज मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिलोत्तमा नगरपालिका वडा न १२ जुटपानी स्थित रोहिणी खोलामा बिहीबार साथीसँगै नुुहाउन गएका १७ बर्षीय राजन पश्चिममा थारु खोलामा डुवेर बेपत्ता भएका थिए ।

    बेपत्ता थारुको प्रहरी र स्थानीयले खोजि गर्नेक्रममा आज बिहान मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा नेपालगञ्जका दुई किशोरको शुक्रबार मृत्यु भएको छ । छ जना साथीहरुको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेगाउँका १६ वर्षीय शिवशंकर शुक्ला र १४ वर्षीय बिनोद बर्मा रहेका छन् । रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार