काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा १ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताए ।
काठमाडौंमा मात्रै १ हजार २ सय ८०, ललितपुरमा १ सय ९६ र भक्तपुरमा १ सय ६२ जना संक्रमित भेटिएका हुन् ।
उपत्यकामा बिहीबार ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
योसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २६ हजार ७ सय ३८ पुगेको छ ।