Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिए


    शुक्रबार, असोज १६ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज हालसम्मकै धेरै संख्यामा संक्रमित भेटिएका छन् । आज २ हजार ७ सय २२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।  

    शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ७ सय २२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

    यस्तै कोरोना मुक्त हुनेको संख्या पनि उल्लेख्य रहेको छ । शुक्रबार मात्र कोरोनालाई जितेर ३ हजार ३ सय ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ। संक्रमितमध्ये ६० हजार ६ सय ९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय २० जनाको मृत्यु भएको छ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार