काठमाडौँ । पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सम्पूर्ण तयारी पूरा गरेको छ ।
यस्तै नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले बताए । ‘‘उमेर समूहमा हरेक पटक नेपालको प्रदर्शन राम्रो रहँदै आएको छ । घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा हामी उपाधि दाबेदार हौँ । साफका हरेक खाले प्रतियोगितामा नेपालको उपाधि दाबेदारी रहन्छ । नेपालको लक्ष्य भनेको च्याम्पियन हुने नै हो । हामीले यसअघिका दुई संस्करणको उपाधि जितिसकेका छौँ,’’ मिश्रले भने ।
व्यवस्थापकीय हिसाबले साफ आयोजनालाई उत्कृष्ट रूपमा सफल बनाउने एन्फाको लक्ष्य रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले बताए । यस च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बङ्गलादेशको सहभागिता रहने छ । प्रतियोगितामा भाग लिन भुटान, भारत, माल्दिभ्स र बङ्गलादेश मंगलबार काठमाडौँ आउने एन्फाले जनाएको छ । पाकिस्तान टोली बुधबार आउनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend